नियम २७
पुरस्कार तथा सम्मानको लागि निवेदन दिनु पर्ने
(१) देहायका प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक जस्ता पदक प्रदान गरिनेमा त्यस्ता पदक प्राप्त गर्ने र त्यस्ता पदक प्रदान नगरिने खेलकुद प्रतियोगिताको हकमा त्यस्तो खेलमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने खेलाडी तथा त्यस्तो खेलको प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो वा चिकित्सक र व्यवस्थापकलाई मन्त्रालयबाट प्रदान गरिने पुरस्कार तथा सम्मानको लागि सम्बन्धित खेल सङ्घले खेलकुद प्रतियोगिता सम्पन्न भएको पन्ध्र दिनभित्र समिति समक्ष निवेदन दिनु पर्नेछ:- (क) ओलम्पिक प्रतियोगिता,

(ख) एशियन खेलकुद प्रतियोगिता,

(ग) दक्षिण एशियाली खेलकुद प्रतियोगिता,

(घ) च्याम्पियनसिप खेलकुद प्रतियोगिता,

(ङ) अन्तर्राष्ट्रिय मान्यता : प्राप्त अन्य अन्तर्राष्ट्रियि वा : क्षेत्रीय खेलकुद प्रतियोगिता,

(च) क्रिकेट प्रतियोगिता।

(२) उपनियम (१) बमोजिमको निवेदन दिँदा देहायका विवरण संलग्न गर्नु पर्नेछ:-

(क) खेलकुद प्रतियोगितामा आयोजकबाट प्रदान गरिएको प्रमाणपत्रको प्रतिलिपि,

(ख) प्रतियोगितामा भाग लिन परिषद्लाई जानकारी गराएको वा परिषद्को स्वीकृतिमा गएको प्रमाण,

(गे) परिषद्‌ र सम्बन्धित खेल सङ्घको सिफारिस,

(घ) सम्मान र पुरस्कार पाउने खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो वा चिकित्सक र व्यवस्थापकको नाममा परिषद्मा पेश्की फर्छ्यौट गर्न बाँकी तथा बेरुजु नभएको भनी परिषद्ले गरेको सिफारिस,

(ङ) सम्बन्धित खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो वा चिकित्सक र व्यवस्थापकले नेपाल सरकारलाई तिर्न बुझाउन कुनै बेरुजु वा अन्य रकम बाँकी नरहेको भन्ने स्वघोषणा।

(३) उपनियम (१) बमोजिमका प्रतियोगितामा पदक प्राप्त गरेका वा त्यस्तो पदक प्रदान नगरिने खेलको हकमा प्रथम, द्वितीय वा तृतीय स्थान हासिल गरेका खेलाडीलाई सहभागी गराउने सम्बन्धित खेल सङ्घले पुरस्कार तथा सम्मानको लागि खेलकुद प्रतियोगिता सम्पन्न भएको पन्ध्र दिनभित्र देहायका विवरण संलग्न गरी समिति समक्ष निवेदन दिनु पर्नेछः-

(क) प्रचलित कानून बमोजिम दर्ता तथा नवीकरण भएको प्रमाणको प्रतिलिपि,

(ख) अघिल्लो: आर्थिक वर्षको लेखा परीक्षण सम्पन्न गरेको कागजातको प्रतिलिपि,

(ग) परिषद्लाई सम्बन्धित सङ्घले तिर्न बुझाउन पर्ने कुनै रकम बा बेरुजु नभएको भनी परिषद्ले गरेको सिफारिस,

(घ) नेपाल सरकारलाई तिर्न बुझाउन कुनै बेरुजु वा अन्य रकम बाँकी नरहेको भन्ने सम्बन्धित खेल सङ्घको प्रमुखले गरेको स्वघोषणा ।

(४) उपनियम (१) र (३) बमोजिम प्राप्त निवेदन र विवरण उपर आवश्यक जाँचबुझ गर्दा उपयुक्त देखिएमा समितिले प्रतियोगितामा संलग्न खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो वा चिकित्सक, व्यवस्थापक र खेल सङ्घलाई (पुरस्कार तथा सम्मान गर्नको लागि देहायका विवरण संलग्न गरी मन्त्रालय समक्ष सिफारिस गर्नु पर्नेछ :- (क) पुरस्कार र सम्मानको लागि सिफारिस गरिएका खेलाडी, व्यक्ति. र खेल सङ्घको नाम र ठेगाना,

(ख) प्राप्त गरेको पदक वा हासिल गरेको स्थान र खेलको नाम,

(ग) पदक प्राप्त गरेको वां प्रथम, द्वितीय वा तृतीय स्थान हासिल गरेको खेलकुद प्रतियोगिताको नाम,

(घ) समितिको सिफारिस।

(५) यस नियम बमोजिम पुरस्कार तथा सम्मान प्राप्त गर्ने प्रयोजनको लागि गरिने सिफारिसको लागि अपनाउनु पर्ने अन्य प्रक्रिया मन्त्रालयले निर्धारण गरे बमोजिम हुनेछ।